आदरणिय अभिभावक ज्यु एवं विद्यार्थी भाइ बहिनीहरु,
जिल्ला शिक्षा विकास समन्वय ईकाई नुवाकोटको भर्चुअल बैठकको निर्णय, बिदुर नगरपालिका शिक्षा शाखाबाट प्रेषित पत्र, हाम्रा केही अभिभावहरुले दिनुभएको सुझाव तथा सबै विद्यार्थीहरु अनलाईनको पहुँचमा नहुनु र अनलाईन परिक्षाको विश्वसनियता आदिको कारण विगतमा भौतिक उपस्थितिमा लिइएका दुई परीक्षालाई आधार मानी यस शैक्षिक वर्षको अन्तीम परीक्षा संबन्धित निकायबाट प्रदत्त मापदण्डका आधारमा आन्तरिक मुल्याङ्कन विधिबाट लिनु नै उपयुक्त हुने भन्ने निश्कर्ष रहेको र आन्तरिक मुल्याङ्कनको कार्यमा सबै शिक्षकहरुलाई सहभागी गराउनु पर्ने भएकोले हाल लिँदै आएको अनलाईन कक्षा यहि जेठ १३ गते देखि बन्द गरिएको छ । यस महिना भित्र रिजल्ट प्रकाशित भई नयाँ भर्ना प्रकृया शुरु हुनेछ र भौतिक रुपबाट कक्षा शुरु नभएसम्म अनलाइन मार्फत नै नयाँ बर्षको कक्षा संचालन हुने जानकारी गराइन्छ । रिजल्ट प्रकाशित हुने मिति बारे यहाँहरुलाई पछि जानकारी गराइनेछ । विद्यार्थिको शुल्क भुक्तानी तथा अन्य आवश्यकिय सेवाकालागि विद्यालय प्रशासन खुल्ला रहनेछ । विद्यालय परिवार यहाँहरु सबैको सुस्वास्थको कामना गर्दछ । संक्रमण अवधिभर घरमै बस्नुहोला, सुरक्षित रहनुहोला । धन्यवाद ।
No comments:
Post a Comment