Admission Open


We are delighted to announce that admissions are now open for the upcoming academic session 2081 at Orchid Academy Nuwakot from grade nursery to IX. We welcome all prospective students and their families to become a part of our vibrant learning community.

Chairman

अर्किड एकेडमी नुवाकोटमा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु । २०६० सालदेखि बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षको भूमिकामा रहि यथासक्य योगदान गर्न पाउँदा अत्यन्त खुसी पनि छु । शिक्षा क्षेत्र अत्यन्त मर्यादित क्षेत्र हो । यसमा संलग्न सबै पक्ष मर्यादित, अनुशासित र कर्तब्यनिष्ट हुनु पर्दछ । तब मात्र एक शिक्षण संस्था सदैव प्रगती र उन्नतीको मार्गमा अगाडि बढ्न सक्छ । विशेष गरि संस्थामा कार्यरत संस्थापकहरु, शिक्षक कर्मचारीहरु र अभिभावकहरुको टिम स्पिरिट रहन सक्यो भने मात्र उचित शैक्षिक वातावरण कायम हुन सक्छ । यहि कुरालाई हृदयङ्गम गरि हामीले पनि यस स्कूलमा शैक्षिक वातावरण कायम गर्ने प्रयास गरेका छौं । यसैको फलस्वरुप यहाँ अध्ययनरत विद्यार्थीहरुले यस स्कुलबाट दिईएको एस्.ई.ई. परीक्षामा र उच्च शिक्षा अध्ययनमा समेत उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन् । यसको श्रेय यहाँ कार्यरत प्रिन्सिपल, भाइस प्रिन्सिपल, मेनेजिङ डाइरेक्टर, संस्थापकहरु, शिक्षक कर्मचारीहरु र हामीलाई उचित सल्लाह र सुझाव दिनुहुने अभिभावक एवं शुभ चिन्तकहरुलाई जान्छ । म यहाँहरु सबै प्रति हार्दिक धन्यवाद एवं आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा यस संस्थाको उन्नति र प्रगतिकोलागि आफ्नो तर्फबाट गर्नु पर्ने प्रयास जारी रहने वचनवद्धता पनि ब्यक्त गर्न चाहन्छु । सम्पुर्ण अभिभावक वर्गमा यहाँहरुले गर्नु भएको विश्वास प्रति कृतज्ञता जाहेर गर्दछु । आगामी दिनमा पनि यहाँहरुको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको छु । धन्यवाद ।

ज्ञान भक्त श्रेष्ठ
अध्यक्ष

No comments:

Post a Comment