अत्यन्त जरुरी सूचना
आदरणीय अभिभावक ज्यु एवं विद्यार्थी बर्ग,
विद्यार्थी सिकाई सहजीकरण निर्देशिका शिक्षा मन्त्रालयबाट जारी भई कार्यान्वयनमा आउँदैछ । मन्त्रालयले यो शैक्षिक सत्र खेर जान नदिने जनाइसकेको छ । बिद्यार्थीको सिकाई सहजीकरणकालागि हामीले गरिरहेको अनलाइन कक्षा संचालनले पनि मान्यता पाएको र स्थानीय तहको अनुमतिमा सो को शुल्क निर्धारण हुने कुरा पनि निर्देशिकामा उल्लेख छ । यो महामारी कहिले समाप्त हुन्छ र विद्यार्थीले विद्यालयमा नै उपस्थित भएर सहज रुपमा पठन पाठन गर्न पाउँछन् भन्ने कुराको कुनै टुङ्गो नभएतापनि रोग संक्रमणको जोखिम कम भइ भौतिक रुपमा विद्यालय संचालन हुन सक्ने अवस्था आउनासाथ हामी स्वास्थ मापदण्ड पुरागरी विद्यालय संचालन गर्ने छौं । आशा गरौं चाँडै नै त्यस्तो वातावरण बनोस् । अहिलेको अवस्थामा हामीले अझै पनि अनलाईन कक्षालाई निरन्तरता दिनुको विकल्प छैन किनकि प्रत्यक्ष कक्षा पछिको भरपर्दो र प्रभावकारी विकल्प अनलाइन कक्षा नै हो । तसर्थ अनलाइनमा जोडिन सक्ने सबै विद्यार्थीहरुलाई अनलाईन कक्षामा जोडिन हामी अनुरोध गर्दछौं । अनलाइन कक्षामा जोडिन नसक्ने अभिभावकहरुले अन्य कुन माध्यम यहाँहरुकोलागि उपयुक्त हुन्छ सो को जानकारी विद्यालयमा गराइदिनुहुन हामी अनुरोध गर्दछौं । यहि असोज १ गतेदेखि हुने विद्यार्थी अभिलेखिकरण अभियानमा गत शैक्षिक सत्रमा यस विद्यालयमा अध्ययन गरिरहेका सबै विद्यार्थीका अभिभावक ज्यु हरुले आफ्ना विद्यार्थी यस स्कुलमा निरन्तरअध्ययन गर्ने सुनिश्चितताको लागि अनिवार्य अभिलेखिकरण गराउनुहुन अनुरोछ गरिन्छ । अभिलेखिकरण गराउन छुट भई विद्यार्थी सिकाई सहजीकरणमा समावेश हुन नसकी आगामी वर्ष उहीँ कक्षा दोहोर्याउनु पर्ने भएमा सो को जवाफदेहि यस विद्यालय नहुने समेत जानकारी गराइन्छ । अभिलेखिकरण गराउँदा गत शैक्षिक वर्षको सम्पुर्ण बक्यौता शुल्क ( बक्यौता भएमा) र यस शैक्षिक बर्षको कम्तिमा एक महिनाको शुल्क बुझाएर मात्र अभिलेखिकरण गराइने समेत जानकारी गराइन्छ । नयाँ भर्ना हुने बिद्यार्थीकालागि अनिवार्य गत बर्ष अध्ययन गरेको विद्यालयबाट प्राप्त लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्र पेश गरेपछिमात्र विद्यार्थी भर्ना गरिनेछ । नयाँ भर्ना गर्न चाहने बहालवाला तथा भु.पु. नेपाल आर्मीका बालबालिकाको हकमा जन्म दर्ता प्रमाण पत्र, परिचय पत्र वा पेन्सन पट्टाको फोटोकपि, १ प्रति पासपोर्ट साइज र १ प्रति अटो साइजको फोटो पनि पेश गर्नु पर्ने छ । नयाँ विद्यार्थी भर्ना तथा अभिलेखिकरण गर्ने समयावधि यहि असोज १५ गते सम्म रहनेछ । विस्तृत जानकारीको लागि विद्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ । धन्यवाद ।
प्रिन्सिपल ।
No comments:
Post a Comment