Admission Open


We are delighted to announce that admissions are now open for the upcoming academic session 2081 at Orchid Academy Nuwakot from grade nursery to IX. We welcome all prospective students and their families to become a part of our vibrant learning community.

पुन:कक्षा संचालन हुने संबन्धमा

दरणीय अभिभावक ज्यु एवं प्यारा विद्यार्थी भाइ बहिनीहरु,
विगत केहिदिन देखि बन्द रहेको बैकल्पिक कक्षा यहि २०७७ श्रावण ११ गतेदेखि पुन: संचालन हुने जानकारी गराइन्छ । यसरी कक्षा संचालन हुँदा अनलाइनको पहुँचमा रहनेहरुलाई पुर्ववत रुटिन अनुसार अनलाइन कक्षा संचालन हुनेछ । अनलाइनको पहुँच नहुुनेहरुकोलागि निम्न बमोजिम आलोपालो प्रणालीद्वारा विद्यालयमा नै समाजिक दुरी कायम गरि कक्षा लिने तथा गृहकार्य प्रदान गरिने छ । विद्यालयमा आउँदा अनिवार्य रुपमा मास्क लगाई आउनु पर्नेछ । बसमा आउने विद्यार्थीहरुलाई केही दिन लोकल सवारी साधन प्रयोग गरि आउन अनुरोध छ ।
संचालन हुने कक्षा र दिन ।
आइतबार र सोमबार - कक्षा 3, 8, 9 मंगलबार र बुधबार - कक्षा 2, 6, 7 विहीबार र शुक्रबार - कक्षा 1, 4, 5

माथिका कक्षाहरु संचालन हुने दिन सो कक्षाहरुको अनलाईन कक्षा नहुने र सो दिन अनलाईन पढ्ने विद्यार्थीहरुको होमवर्क बुझिने हुनाले विद्यालयमा नै उपस्थित हुनु पर्नेछ । नर्सरी, एल् केजी र युकेजिको समय तालिका विद्यालयमा नै उपस्थित भई लिनुहुन अनुरोध छ । कक्षा 10 को अनलाइन कक्षा हुनेछैन र सबै दिन बिद्यालयमा नै उपस्थित भई कक्षा लिनु पर्नेछ । बसमा अाउने विद्यार्थीहरुले लोकल सवारी साधन प्रयोग गरि आउन वा विद्यालयको आसपास बस्ने ब्यवस्था मिलाउन हुन अनुरोध छ ।

कक्षा संचालन हुने समय : विहान 10:30 देखि 1:10 सम्म ।

धन्यवाद ।

No comments:

Post a Comment